राजनीति

कर्णालीमा जसले सय मत कटाउन सकेनन्

कर्णाली प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका २४ उम्मेदवारले एक सय मत कटाउन सकेका छैनन्। एक सयभन्दा कम मत ल्याउनेहरु दलका उम्मेदवारदेखि स्वतन्त्र उम्मेदवारसम्म रहेका हुन्।

१२ प्रतिनिधिसभा र २४ प्रदेशसभा सदस्यको निर्वाचनमा २४ जनाले एक सय मत कटाएनन्।  २४ मध्ये ३ जना उम्मेदवारले त १० मत समेत कटाउन सकेनन्। १० मत कटाउन नसक्नेहरुमा सुर्खेत –१ (ख) बाट स्वतन्त्र उम्मेदवार देवबहादुर चन्दले ९ मत, मुगु प्रदेश सभा (क) स्वतन्त्र उम्मेदवार मानबहादुर ऐडीले ८ मत र डोल्पामा प्रतिनिधि सभा तर्फ स्वतन्त्र विरबहादुर रोकायले १० मत प्राप्त गरेका थिए।  निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार कर्णाली प्रदेशमा प्रतिनिधि सभा तर्फ १० उम्मेदवार र प्रदेश सभा तर्फ १३ उम्मेदवारले एक सय मत ल्याउन नसकेका हुन्।  

सय मत कटाउन नसक्ने कर्णालीका उम्मेदवारहरुमा सुर्खेत –१ प्रदेश सभा (क) प्रदेश सभा सदस्य उम्मेदवार जसपाका गंगे कामी ४९ मत, नेमकिपाका पुष्पराज राना २३ मत र राप्रपा नेपालका लालबहादुर गुरुङ्ग ४७ मत रहेका छ। सुर्खेत –१ प्रदेश सभा (ख) मा नेमकिपाका मनकली रामजाली ६३ मत रहेको छ। सुर्खेत –१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नेमकिपाका प्रेम कुमार थापा ५९ मत, राप्रपाका जिवन चन्द ३२ मत, र मंगोल नेशनल अर्गनाइजेसनका शेरबहादुर घर्तीमगर २९ मत ल्याएका छन्। सुर्खेत –१ प्रदेश सभा (क) प्रदेश सभा सदस्य उम्मेदवार राप्रपा नेपालका मानबहादुर गाईनले ७७ मत र नेपाल लोकतान्त्रिक पार्टीका पुर्णबहादुर सुनारले २२ मत पाए। त्यस्तै सुर्खेत –१ प्रदेश सभा (ख)मा नेमकिपाका गगन कामी ९४ मत ल्याएका थिए।  सुर्खेत –२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नेश्नलिष्ट पिपल्स पार्टीका कुमारी राईले ५० मत ल्याइन्।  

डोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार नेकपा माक्सवादी (पुष्पलाल)का हर्कबहादुर ठकुल्लाले ५३ मत पाउँदा दैलेखका भूपाल बहादुर थापालले नेपाली काँग्रेस (बिपी) बाट प्रतिनिधि सभा तर्फ ६६ मत प्राप्त गरे। डोल्पा प्रदेश सभा (क) मा नेकपा माक्सवादी (पुष्पलाल)का नन्द बहादुर रोकायले २४ मत ल्याएका थिए। हुम्ला प्रदेश सभा (ख) मा जसपाका बलीराज शाहीले ४१ मत पाउदा राप्रपा नेपालका सुमन रावतले २१ मत पाए। मुगुमा प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर सेजुवालले ६७ मत लिए, अर्का स्वतन्त्र उम्मेदवार भीमचन्द्र हमालले ३८ मत, मुगु प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेदवार जगमबहादुर धामीले १५ मत पाए। कालीकोटमा प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवार धनप्रसाद पाण्डेले ८२ मत पाएका थिए।

प्रकाशित: १४ मंसिर २०७९ ०५:५५ बुधबार

Election 2079