राजनीति

ओलीलाई मेयर बालेनको प्रश्न: दुईतिहाइ सरकारको प्रधानमन्त्री हुँदा सुकुम्बासीले भोगेको ३२ जाडो देख्नुभएन?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सुकुम्बासी समस्याको विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत ओलीलाई विभिन्न प्रश्न गरेका हुन्।

मंगलबार एमाले केन्द्रीय कार्यालयको एक कार्यक्रममा ओलीले सुकुम्बासी माथि राज्यले आतंक फैलाएको टिप्पणी गरेका थिए। सोही टिप्पणीमा मेयर बालेनले प्रश्न गरेका हुन्।  

उनले आफू दुईतिहाइ सरकारको प्रधानमन्त्री हुँदा सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन भन्दै ओलीलाई प्रश्न गरेका छन्।  

उनले लेखेका छन्,'२०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्बासी समस्या समाधान गर्न सक्नु भएन। मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन।'  

बालेनले सुकुम्बासी ओलीका लागि भोटमात्रै भएको टिप्पणी गरेका छन्। सुकुम्बासीलाई ओलीले गुठी विधेयक जस्ता आन्दोलनमा समेत प्रयोग गरेको उनले आरोप लगाए।

'तपाइलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाइको नेतृत्वमा लुँहिटी ९सुन्धारा० सक्काएर सेतो टावर किन ठड्याउनु भयो रु हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो रु यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाइले विरोध गर्नु असामान्य होइन।' उनले लेखेका छन्

अहिले परिस्थिति फेरिएको र सकेमा सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग नगर्न पनि उनले आग्रह गरेका छन्। 

प्रकाशित: १३ मंसिर २०७९ १४:०२ मंगलबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह केपी शर्मा ओली