राजनीति

दोलखा प्रदेशसभा १ का ४ ओटा वडामा पुन मतदान हुने

दोलखाको प्रदेश सभा क्षेत्र नं १ का ४ वटा वडामा पुन मतदान हुने भएको छ।

एमालेले मतदानमा धाँधली भएको भन्दै उजुरी दिएको थियो। उजुरी पछि खटिएको छानबिन टोलीले जाँचबुझ गरेर फर्किएपछि बुझाएको प्रतिवेदन अनुसार चार ओटा मतदान स्थलमा पुन मतदान गर्ने निर्णय गरेको हो।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले टेलिफोनमा दिएको जानकारी अनुसार दोलखाको प्रदेश सभा क्षेत्र नं १ का वैत्येश्वर गाउँपालिका वडा नं २ जनज्योति मावि मतदान केन्द्र भित्रका (क) र (ख), सोही गाउँपालिकाको वडा नं ३ को कालिढुङ्गा मावि भित्रका (क) (ख) र (ग), सोही गापाको वडा नं ६ स्थित वैत्येश्वर मावि नाम्दुका (क), (ख) र (ग) तामाकोसी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन मतदान केन्द्र (क) र (ख) मतदान केन्द्रमा मंसिर १५ गते भित्र पुन मतदान सम्पन्न गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ।

प्रकाशित: ११ मंसिर २०७९ १२:५५ आइतबार