राजनीति

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दाहाललाइ ८० किलोको माला

सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाललाइ ८० किलोको माला लगाइदिँदै कार्यकर्ताहरु।

सिन्धुली छेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य  लेखनाथ दाहाललाई ८० किलोको सयपत्री फुलको माला लगाएर सम्मान गरिएको छ। गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादीका दाहाल गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।  

विजयी भएका दाहाललाइ सहिद तथा बेपत्ता योद्दा सन्तती  फाउन्डेसन सिन्धुली र वाइसियल नेपाल सिन्धुलीले संयुत्त रुपमा माओवादी पार्टी कार्यालयमा ८० किलोको माला लगाएर सम्मान तथा बधाइ कार्यक्रम गरेको पार्टीका सङ्गठन विभाग प्रमुख गणेश रत्नले जानकारी दिए।

दाहालले २७ हजार ५ सय १७ मत पाएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका मनोज जङ थापाले २१ हजार ६ सय ८७ मत पाएका थिए। निर्वाचित भएपछी दाहाल मतदातालाइ धन्यवाद दिन गाउँ गाउँ पुगेका छन्। सिन्धुलीमा २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका छ्न।

प्रकाशित: ११ मंसिर २०७९ ०३:०४ आइतबार

Election 2079