राजनीति

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन)। तस्बिर: नागरिक

सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) को अग्रता कायमै छ।  

निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार आज दिउँसो १ बजेसम्म ५२ हजार २१ मत गणना सकिँदा तामाङले १० हजार ७६४ मत ल्याएकी छिन्। उनलाई एमाले–जसपाका उम्मेद्वार अशोक कुमार राईले ९ हजार ५५६ मत ल्याएर पछ्याइरहेका छन्। तामाङ जसपाका उम्मेद्वार राईभन्दा १२०८ मतले अघि छिन्।  

गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोको मत ८ हजार १२६ मत रहेको छ। स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोको मत ६ हजार २९६ मत पाएका छन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल) ले ५ हजार १८८ मत पाएका छन्। यस्तै, स्वतन्त्र उम्मेद्वार मातृकाप्रसाद भट्टराईले १५७१ मत र तर्कबहादुर मगरले ३३६३ मत पाएका छन्।

प्रदेशसभा १ (क) मा एमालेको अग्रता कायमै

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका उम्मेद्वार विजयकुमार राईले ३ हजार ४७६ मत ल्याएर अग्रता कायमै राखेका छन्। राप्रपा उम्मेद्वार अनिश ढकालले २ हजार ८२९ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

स्वतन्त्र उम्मेद्वार हेमचन्द्र राई १७५७ मत रहेको छ भने गठबन्धनबाट नेकपा एसका उम्मेद्वार रेवतीरमण राईले १५२१ मत ल्याएका छन्। नेपाली कांग्रेसका बागी उम्मेद्वार रोहित सुब्बाको मत १०६१ रहेको छ।  

 

 

प्रकाशित: १० मंसिर २०७९ ०८:१३ शनिबार

Election 2079