सिरहा क्षेत्र नम्बर २ मा जसपाका राजकिशोर यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी नेपाली कांंग्रेसका चित्रलेखा यादवलाइ ११५० मतले पराजित गर्दै निर्वाचित भएका हुन्।
यादवले २४१७८ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी चित्रलेखा यादवले २३०२८ मत ल्याएकी छन्। मत गणनाको सुरुवाती अवस्था देखि नै राजकिशोरले अग्रता कायम राखेका थिए।
निर्वाचित भएपछी नागिरकसँग राजकिशोरले भने ‘यो जनताको जित हो।’ उनले भने, ‘क्षेत्रबासीको लागि एक युगको अन्त्य र नयाँ युगको सुरूवात भएको छ। अब यहाँ नया तरिकाबाट विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य तथा सडक संजाल जोड्नतिर लाग्ने छु,जनताको शासक होइन, सेवक भएर क्षेत्रबासीलाई निरन्तर सेवा गर्नेछु। आफूबाट हुने क्षेत्रबासीको हरेक काम गर्न सदैव तयार छु।’ बाचा एकातिर र व्यवहार अर्कोतिर नगरिने उनले बताए।
प्रकाशित: १० मंसिर २०७९ ०२:२१ शनिबार