राजनीति

हुम्लाबाट माओवादीका छिरिङ डम्दुल लामा निर्वाचित

नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उनले १४ हजार ३७१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए। उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ। राप्रपाका तेजबहादुर रावतले ३७९ मत पाए।

प्रकाशित: १० मंसिर २०७९ ००:२९ शनिबार

Election 2079