राजनीति

सुनसरीकाे तीनवटा प्रतिनिधिसभामा एमालेकाे अग्रता स्थिर

दुई प्रदेशसभामा एमालेकै उम्मेदवार विजयी

सुनसरीका चारवटा प्रतिनिधिसभामध्ये तीनवटामा एमालेले अग्रता स्थिर राखेको छ। एमालेका दुईवटा प्रदेशसभामा विजयी भएको छ। प्रतिनिधिसभाको एउटामा भने राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।

क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ। पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) अग्र स्थानमा छन्। उनले ७९५२ मत  प्राप्त गरेका छन्।  तामाङलाई एमाले–जसपाका उम्मेदवार अशोककुमार राईले पछ्याइ रहेका छन्। उनले  ६९०५ मत  प्राप्त गरेका छन्। 

क्षेत्र नं. १ (क) प्रदेशसभा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन्। उनले निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३५० मतान्तरले पराजित गरे। बस्नेतले ११ हजार १०२ मत ल्याउँदा  थापाले ९ हजार ७५२ मत प्राप्त गरे।  

क्षेत्र नं.  २ प्रतिनिधीसभामा नेकपा एमालेका भीम आचार्य १९ हजार ९८५ मत ल्याएर अग्र स्थानमा छन्। सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार सीताराम महतो १७ हजार १२४ मतसहित दोस्रो स्थानमा छन्।

क्षेत्र नंं. २ (क) मा एमालेका रेवतीरमण भण्डारीले १४ हजार ५२८ मत प्राप्त गरि विजयी भएका छन्। उनका निकटम प्रतिद्दन्दी द्दारिकलाल चौधरीले ११ हजार ८४८ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर २ हजार ६८० रहेको छ । प्रदेशसभामा विजयी भण्डारी एमालेका नेता भण्डारी ०३८ सालदेखि विद्यार्थी कालदेखि नै राजनीति यात्रा थालेका थिए।

क्षेत्र नं. २ (ख) मा नेपाली काँग्रेसका राजीव कोइराला अगाडि छन्। उनले ६ हजार ८१९ मत ल्याउँदा एमालेका रामप्रसाद मेहताले ६ हजार ४४९ मत ल्याएर पछ्याई रहेका छन्।    

क्षेत्र नं.३ प्रतिनिधीसभामा एमालेकी भगवती चौधरीले १३  हजार ६७८ मत ल्याएर अग्र स्थानमा छिन्। काँग्रेसका नेता बिजयकुमार गच्छदार नौ हजार ३२८ मत ल्याएर दोस्रो पोजिसनमा छन्।  

यस्तै, प्रदेशसभातर्फ ३ (क) मा एमालेका रोहितकुमार कार्की अग्र स्थानमा छन्। उनलाई राप्रपाका खड्ग श्रेष्ठले पछ्याई रहेका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी सरस्वती पोखरेल तेस्रो पोजिसनमा छिन्।  

क्षेत्र नं. ४ प्रतिनिधीसभामा नेकपा एमालेका जगदीस कुसियतले १८ हजार ८९३ मत ल्याएर अग्र स्थानमा छन्। उनलाई नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट साँझा उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १८ हजार २०० मत ल्याएर पछ्याई रहेका छन्।  

क्षेत्र नं. ४ (क) मा नेपाली काँग्रेसका डाक्टर इसरायल अन्सारी र (ख) मा पनि काँग्रेसकै षडानन्द मण्डल अगाडि छन्। मण्डलले नौ हजार ८३६ मत ल्याउँदा एमाले–जसपाका तर्फबाट जसपाका पर्शुराम बस्नेतले सात हजार ८७६ मत ल्याएका छन्। इसरायलले सात हजार ५४८ मत ल्याउँदा एमालेका अब्बास अन्सारीले छ हजार ३७७ मत ल्याएका छन्।  

प्रकाशित: ९ मंसिर २०७९ १२:४१ शुक्रबार

Election 2079