कालिकोट प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रबाट गठवन्धनका साझा उम्मेदवार दुर्गबहादुर रावत विजयी भएका छन्। रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई १ हजार ६० मतान्तरमा सान्दार जित गरेका हुन्।
दुर्गबहादुर रावतले ९ हजार १२ मतले विजयी भएका छन्। भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीले ७ हजार ९ सय ५२ मत प्राप्त गरेका छन्।
प्रदेश (क) मा ३५ हजार ३ सय ५१ मतदाता मध्ये कुल खसेको मत १९ हजार ९३२ मध्ये दुर्गबहादुर रावत ले ९ हजार १२ मत प्राप्त गरेका छन् भने शाहीले ७ हजार ९ ५२ मत पाएका छन्।
राप्रपाका सुर्यबहादुर शाहीले १ हजार ७१ मत, नेमकिपाका रबिन्द्र वहादुर शाहीले १ हजार १ सय ७२ मत पाएका छन्। प्रदेश (क) मा जम्मा बदर ७२५ रहेको छ। प्रदेशसभामा निर्वाचित रावत २०७४ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा २१ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएका थिए।
प्रकाशित: ९ मंसिर २०७९ ११:३४ शुक्रबार