राजनीति

भूमिगतदेखि सांसदसम्म जनार्दन शर्मा

मुसिकोट नगरपालिका ५ रुकुम पश्चिमका ५९ वर्षीय माओवादी नेता जनार्दन शर्मा फेरि प्रतिनिधि सभामा प्रवेश गर्ने छन्। श्रीमती, १ छोरा र १ छोरीका बाबु उनले स्नातकसम्म अध्यन गरेका छन्। उनले राजनीति अघिको कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गरेका थिए।  

२०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका शर्मा २०६४ र २०७० मा रुकुमबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। २०६५ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री, २०७३ सालमा ऊर्जामन्त्री र २०७४ सालमा गृहमन्त्रीको जिम्मेवारी सकाएका शर्मा २०७८ देखि हाल सम्म अर्थमन्त्री छन्। २०४५  साल देखि राजनीतिक आन्दोलनमा लागेका उनि २०५० देखि २०६३ साल सम्म भूमिगत भए।  

शर्माले २०३४ सालमा पार्टी इकाइ कमिटीबाट राजनीतिक यात्रा गरेका थिए। २०५६ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य हुदै २०५७ सालमा माओवादीको पोलिटब्युरो सदस्य बने। २०६० सालमा जनमुक्ति सेनाको डिभिजन कमाण्डर बनेका शर्मा २०७० सालमा नेकपा माओवादीको स्थायी समिति सदस्य चुनिए।  

२०७१ सालमा जनवर्गीय संगठनको इञ्चार्ज हुदै माओवादीको कर्णाली प्रदेशको इञ्चार्ज र २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज बनेका उनि हाल माओवादी केन्द्रको उपमहासचिव हुन्।

प्रकाशित: ९ मंसिर २०७९ ०८:५१ शुक्रबार

जनार्दन शर्मा Election 2079