राजनीति

खानेपानीमन्त्रीलाई हराउँदै एमालेका अच्युत मैनाली निर्वाचित

नेकपा एमालेका अच्युत प्रसाद मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

उनले खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गरेका हुन्।

मैनालीले ३९ हजार १९५ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए।

प्रकाशित: ९ मंसिर २०७९ ०२:०४ शुक्रबार

Election 2079