राजनीति

सिरहा १ (ख) मा जसपाका राजकुमार गुप्ता विजयी

सिरहा क्षेत्र नम्बर १ (ख) मा जसपाका राजकुमार गुप्ता प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। गुप्ताले नेकपा एसका अशोक कुमार यादवलाइ ३,००६ मतले पराजित गर्दै विजयी भएका हुन्।

जसपाका गुप्ताले १६,२३९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एसका यादव १३,२३३ ल्याएका छन्। ०७४ को प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभाका उम्मेदवार अशोकले राजकुमारलाइ पराजित गर्दै प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

प्रकाशित: ८ मंसिर २०७९ १६:५२ बिहीबार