राजनीति

कैलाली २ मा नागरिकले घटायो मतान्तर

कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरीले मतान्तर घटाएका छन्। तेस्रो स्थानमा रहेका चौधरी अहिले १३ मतले मात्रै दोस्रो स्थानमा छन्।

पहिलो स्थानमा गठबन्धनका तर्फबाट नेकपा माओवादीका भगत बडुवाल रहेका छन्। उनको ९ हजार ४४६ मत रहेको छ भने दोस्रो स्थानमा रहेका चौधरीको ९ हजार ४३३ मत रहेको छ।

यसअघि दोस्रो स्थानमा रहेका नेकपा एमालेका झपटबहादुर रावलको ९ हजार ११ मत रहेको छ। यस क्षेत्रमा १ लाख ४ हजार ९०० मत मध्ये ६० हजार ६२९ मत खसेको छ। जसमध्ये अहिलेसम्म ३१ हजार १६० मत गणना भैसकेको छ भने अझै २९ हजार ४६९ मत गणना हुन बाँकी छ।

मत गणना हुन बाँकी रहेको थारु बाहुल्य क्षेत्र भएकाले नागरिक उन्मुक्तिले जित्ने दावी गर्दै आएको छ।

प्रकाशित: ८ मंसिर २०७९ १२:०५ बिहीबार