राजनीति

कास्की–१ मा एमालेका गुरुङको अग्रता कायमै

एमालेका मनबहादुर गुरुङ

कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका मनबहादुर गुरुङको अग्रता कायमै रहेको छ। हेभिवेट भिडन्त भएको यस क्षेत्रमा एमालेका गुरुङ नेपाली कांग्रेसका किशोरदत्त बराल भन्दा १ हजार ४ सय २९ मतान्तरले अगाडि छन्। गुरुङले १७ हजार ६ सय २९ मत प्राप्त गर्दै अग्रता बनाउँदा बरालले १६ हजार २ सय मत प्राप्त गर्दै पछ्याईरहेका छन्।

गुरुङ नेकपा एमाले कास्कीका सभापति हुन। उनी यसअघि कास्की–१ को (२)बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य हुन। बराल नेपाली कांग्रेस कास्कीका सभापति हुन्।

प्रकाशित: ८ मंसिर २०७९ १०:११ बिहीबार

कास्की–१