राजनीति

सर्लाही-१ बाट लोसपाका रामप्रकाश चौधरी विजयी

सर्लाही क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी विजयी भएका छन्। 

चौधरी निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई  ६ हजार ४३४  मतले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। चौधरीले २४ हजार ८३८ मत प्राप्त गरेका छन्।  उनका निकटतम प्रतिस्पर्धी खड्काले १८४०४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। चौधरी भुपु इन्सपेक्टर हुन्।

प्रकाशित: ८ मंसिर २०७९ ०६:२२ बिहीबार

Election 2079