राजनीति

सल्यान-१ (ख) मा कांग्रेसका अधिकारी विजयी

सल्यान क्षेत्र नम्बर १, प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी ३ हजार ७९० मतान्तरले विजयी भएका छन्।

अधिकारीले २० हजार ४०८ मत प्राप्त गरेका छन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गुलावजंग शाहले १६ हजार ६१८ मत प्राप्त गरेका हुन्। यस अघि अधिकारी शारदा नगर पालिकाका नगर प्रमुख थिए।

प्रकाशित: ८ मंसिर २०७९ ०६:१० बिहीबार

Election 2079