राजनीति

रौतहट १ बाट माधवकुमार नेपाल फराकिलो मतान्तरले विजयी

रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृ समाजवादीका अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल विजयी भएका छन्।  नेकपा एमालेका उमेदवार अजयकुमार गुप्तालाइ फराकिलो मतान्तरले पराजित गर्दै नेता नेपाल विजयी भएका हुन्। 

सोमबारदेखि निरन्तर रुपमा जारी मतगणनाको अन्तिम नतिजा आज सर्वजनिक भएको हो। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले ३३ हजार ५ सय २२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमालेका गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका छन्। एमालेका उम्मेदवार गुप्ताबाट ६ हजार ६ सय बढी मतन्तर ले नेपाल विजयी भएका हुन्।

प्रकाशित: ८ मंसिर २०७९ ०५:४९ बिहीबार

Election 2079