राजनीति

भक्तपुर २ मा कांग्रेसका दुलर्भ विजय नकिज

भक्तपुर २ मा कांग्रेसका दुलर्भ थापा जित नजिक पुगेका छन्। एमालेका महेश वस्नेतलाई निरन्तर पछाडि पार्दै कांग्रेसका थापाको अग्रता बुधबार साँंझसम्म पनि निरन्तर कायम छ। साँंझ साढे सात बजे सार्वजनिक परिणाम अनुसार थापाले २२ हजार ६ सय ९४ मत पाएका छन्। उता वस्नेतले २२ हजार ६ मत पाएका छन्। 

यस अनुसार झण्डै सात सय मतले वस्नेत पछाडि छ। गणणा सकिन लाग्दासम्मेको यो परिणामले वस्नेको सम्भावना न्युन हुँदै गएको छ। यो परिणाम ६१ हजार एक सय २५ मत गणणा गर्दासम्मको हो। यहाँं कुल ६५ हजार नौ सय ३५ मत खसेको थियो। यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगले तेश्रो स्थान सुरक्षित गरेकी छिन्। थापामगले ६ हजार एक सय ६६ मत ल्याएकी छिन्।  

यस्तै भक्तपुर २ क सूर्यविनायकमा भने एमालेका किरण थापा विजय नजिक पुगेका छन्। भक्तपुर २ ख मध्यपुर थिमिमा सता गठबन्धनकातर्फबाट नेकपा एसका डा राजेन्द्रमान श्रेष्ठ जित नजिक पुगेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १४:३९ बुधबार

Election 2079