राजनीति

भक्तपुर १ मा नेमकिपा फराकिलो मत अन्तरले अगाडि

भक्तपुरको क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) फराकिलो मत अन्तरले अगाडि बढेको छ। साँंझ सवा पाँंच वजे सार्वजनिक मत परिणाम अनुसार नेमकिपाका प्रेम सुवालले २४ हजार ६ सय १७ मत पाएका छन्। मतगणणा सुरु भएदेखि पछि पर्दै आएका पार्टीका सुवालले भक्तपुर क्षेत्र नं १ ख भक्तपुर नगरपालिका क्षेत्रको मत गणणा थालेसँंगै अग्रता लिन थालेका हुन्।  

नेमकिपालाई एमालेका नवराज गेलालले पछ्याइरहेका छन्। गेलालले १० हजार आठ सय ३६ मत पाएका छन्। तेश्रोमा राप्रपाका भरतबहादुर खडकाले आठ हजार पाँंच सय ४३ मत पाएका छन्। सता गठबन्धनकोतर्फबाट माओवादीका उम्मेदबार सुनिल गोठे सवैभन्दा तल छन्। उनी चार हजार पाँंच सय ३८ मतमा सिमित छन्।

यो क्षेत्रमा भक्तपुर १ क चाँंगुनारायण क्षेत्रको मतगणणा सकेको छ। भक्तपुर नगरपालिका क्षेत्रको पनि वडा नं १०, १,२,३ र ४ को मतगणणा सकिएको छ। अब भक्तपुर नगरपालिका वडा नं ५, ६, ७, ८, ९ वडा बाँंकी रहेका छन्। नेमकिपाको गढको रुपमा रहेका यी वडाहरुमा पनि नेमकिपाले मत भार वढाउँंदै लाने निश्चित प्रायः छ।

उता भक्तपुर १ क चाँंगुनारायणबाट नेपाली कांग्रेसले खाता खोलेको छ। उक्त प्रदेश सभाको सदस्यमा कांग्रेसका सुरेश श्रेष्ठले जित निकालेका छन्। श्रेष्ठ नौ हजार चार सय २१ मतका साथ विजयी भएका हु्न्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका मोहनवीर श्रेष्ठ भएका छन्। श्रेष्ठले आठ हजार दुई सय १२ मत पाएका छन्। तेश्रो स्थान नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सुरक्षित गरेको छ।  

नेमकिपाका मिनबहादुर बाटाले आठ हजार १० मत पाएका छन्। चौथौमा राष्टिय प्रजातन्त्र पार्टीका पाँंच हजार नौ सय ३० मत पाएका छन्। यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार जेव्राले एक हजार एक सय २८ मत पाएका छन्। यो प्रदेशमा यसअघि पनि कांग्रेसका कृष्णलाल भडेल निर्वाचित भएको थियो। साथै चाँंगुनारायण नगरपालिकाको मेयरमा पनि कांग्रेसकै जीवन खत्री निर्वार्चित भएका थिए। उपमेयरमा भने एमालेबाट निर्वाचित भएको थियो।

प्रकाशित: ७ मंसिर २०७९ १३:११ बुधबार

प्रेम सुवाल Election 2079