राजनीति

जुम्ला (क) मा बागीसँग पराजित भए कांग्रेस प्रदेश सभापति शाही

कर्णाली प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन्। उनीविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाहीले १ हजार ८९९ मतान्तरसहित उनलाई पराजित गरेका हुन्।

जुम्ला प्रदेश (क) मा २४ हजार ७८८ मत खसेको थियो। जसमा स्वतन्त्र उम्मेदवार शाहीले ९ हजार ६५४ मत पाएका छन् भने पराजित शाहीको पक्षमा ७ हजार ७५५ मत आएको छ।  

प्रदेश सभापति शाहीलाई माओवादी र एकीकृत समाजवादीको साथ भएपनि पराजित भएका हुन्। आन्तरिक रुपमा गठबन्धनभित्र विचलन आएकाले स्वतन्त्र उम्मेदवार शाही हावी भएका हुन्।  

उनी ०७४ मा कांग्रेसबाट प्रतिनिधिसभा चुनाव लडेका थिए। माओवादीका गजेन्द्र महतसँग पराजित भएका उनी कांग्रेसभित्र संस्थापन इत्तर पक्षधर नेता मानिन्छन्।

प्रकाशित: ७ मंसिर २०७९ ११:२३ बुधबार

ललितजंग शाही Election 2079