दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका दिपक गिरीको मतान्तर बढ्दै गएको छ। अहिलेसम्म २७ हजार ५५ मत गणना हुँदा गिरी एमालेकी कोमल ओली भन्दा २ हजार ४ सय ३३ मतले अगाडी देखिएका छन्।
गिरीले ११ हजार २ सय ४ मत प्राप्त गरेका छन् भने एमालेकी ओलीले ८ हजार ७ सय ७१ मत प्राप्त गरेकी छिन्। यसैगरि कमल सुवेदीले ४ हजार ३ सय ५० मत प्राप्त गरेका छन्।
प्रकाशित: ७ मंसिर २०७९ १०:१० बुधबार