राजनीति

पश्चिम नवलपरासी २ मा राप्रपाका प्रधान फराकिलो मतले अगाडी

पश्चिम नवलपरासीको क्षेत्र नं २ मा प्रतिनिधि सभा तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव बहादुर प्रधानले फराकिलो मतान्तरले अग्रता लिएका छन्।

४२ हजार मत गन्दा राप्रपाका प्रधानले (हलो) १४ हजार ६९९ मत सहित अग्रता लिएका हुन्। नेपाली काँग्रेसका देवेन्द्रराज कँडेलले (रुख) ७ हजार ३६७ मत सहित दोश्रो स्थानमा छन्।

नेकपा एमालेका दिपेन्द्र कुमार अधिकारी ७ हजार ७ मत सहित तेश्रो स्थानमा छन्। यो क्षेत्रमा ८८ हजार १५५ मत खसेको प्रमुख निर्वाचन अधिकृत खडानन्द  तिवारीले जानकारी दिए।

प्रकाशित: ७ मंसिर २०७९ ०९:२८ बुधबार