राजनीति

सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहालले खाेले खाता

सिन्धुलीबाट माओवादी केन्द्रले प्रतिनिधि सभामा खाता खोलेको छ।  

सिन्धुलीको प्रतिनिधिसभा सिन्धुली क्षेत्रनम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) ले २७ हजार ५ सय १७ मत सहित विजयी भएका छन्।  

उनको प्रतिद्वन्द्वी नेकपा एमालेका मनोजजंग थापाले २१ हजार ६ सय ८७ मत पाएका छन्। निर्वाचित भएसँगै सिन्धुलीमा गठबन्धनको तर्फबाट सिन्धुली क्षेत्र नम्बर २ मा विजयी याली निकालिएको छ।  

प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश १ र २ मा बाम लोकतान्त्रिक गठबन्धनको विजयी भएको छ। प्रतिनिधिसभा सिन्धुली क्षेत्र नम्बर २ को प्रदेश १ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका छेत्रबहादुर बम्जनले १६ हजार ८ सय ६५ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बिनोद खड्काले ११ हजार ६ सय ३३ मत पाएका थिए।  

यस्तै सोही क्षेत्रको प्रदेश २ मा बाबुराम भट्टराई निकट नेता गंगा नारायण श्रेष्ठले गोलाकारभित्रको हसिया हथौडा निर्वाचन चिन्हबाट १३ हजार १ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रामकुमार पौडेलले ९ हजार ७ सय ८९ मत पाएका थिए।

प्रकाशित: ७ मंसिर २०७९ ०७:३३ बुधबार

Election 2079 लेखनाथ दाहाल