राजनीति

गोरखा २ ‘ख’ मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी

गोरखा क्षेत्र नम्बर २ मा प्रदेश सभा ‘ख’ मा सुरेन्द्रराज पाण्डे विजयी भएका छन्।  

गठबन्धन तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका पाण्डेले १६ हजार आठ सय ८२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बसन्त गुरुङले पाँच हजार सात सय ६७ मत प्राप्त गरे।  

२७ हजार तीन सय २७ मत खसेको मध्ये मंगोलनेशनल अर्जनाईजेशनका उम्मेदवार रामबहादुर घलेले १४ सय ७९ मत प्राप्त गरे। स्वतन्त्र उठेका हरि पोखरेलले १३ सय ६६ मत प्राप्त गरे।  

राप्रपाका उम्मेदवार ठाकुरप्रसाद लामिछाने ८६८, राप्रपा नेपालका सफिदिन मियाँले १७७ मत प्राप्त गरे। मियाँ उम्मेदवारी निस्क्रिय भएको घोषणा गरेर मतदान अघि माओवादी केन्द्र प्रवेश गरेका थिए। 

प्रकाशित: ७ मंसिर २०७९ ०३:५६ बुधबार

Election 2079