राजनीति

अल्पमत बोकेर संसद् भवनमा प्रवेश

संघ र प्रदेशसभा निर्वाचन सकिएर अहिले मतगणना जारी छ। नेता र कार्यकर्तामा केही उत्साह भए पनि जनतालाई नतिजाको प्रतीक्षाले त्यति पिरोलेको देखिँदैन। देशैभर करिब ६१ प्रतिशत मतदान भए पनि पहाडी दुर्गम जिल्ला रोल्पामा ४६ प्रतिशत मात्र मतदान भएको छ।  

रोल्पामा एकातिर ५४ प्रतिशत मतदाताले मतदान गरेनन् भने अर्कोतिर खसेको ४६ प्रतिशतमा पनि जित्नेले कति ल्याउछन हेर्न बाँकी छ। रोल्पा जस्तै देशैभरि थोरै मतमा बहुमत आए पनि अल्पमत बोकेर सांसदहरू संसद् भवनमा प्रवेश गर्नेछन्। जनमतविना संसद् छिर्नेहरूले जनभावना अनुसार कत्तिको काम गर्छन् त्यो भने हेर्न बाँकी छ। सञ्चार माध्यम र सामाजिक सञ्जालमा देखिएको प्रतक्रियाले निर्वाचनप्रतिको वितृष्णा देखाएको छ। निर्वाचन आयोगको तामझम सहितको बेसुमार खर्च अनि राजनीतिक नेता कार्यकर्ताको ठुलो लगानी जबरजस्त संसद् भवनमा गएर थन्किने देखिन्छ।

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल स्थानीय तहभन्दा संघीय निर्वाचनमा कम मतदान हुनु संसारभरको अभ्यास भएको बताउँछन्। ‘बसाइँ बसाइँ, वैदेशिक रोजगारी, अध्ययनमा गएकाहरू भोट हाल्न आएनन् र उनीहरूलाई ल्याउन प्रयत्न पनि भएन। राजनीतिक दलप्रतिको वितृष्णा र निराशा पनि हो।’ पाखरेलले थपे, ‘दलहरूको आनिबानी गतिलो भएन। उनीहरू नागरिकसम्म पग्न सकेनन्। आम रूपमा जनताले अनुभूति गर्नेगरी काम पनि गरेनन्। अर्कातिर निर्वाचन आयोगले पनि मतदातालाई मतदान केन्द्र पु¥याउने भन्दा अन्य कुरामा अनावश्यक ध्यान दियो। मतदाता शिक्षालगायतका निर्वाचनको महŒव बुझाउने प्रयत्न नै गरेन।’

त्यसो त प्रारम्भिक परिणाम हेर्दा मत बदरको संख्या पनि ठुलो देखिएको छ। निर्वाचन आयोगले गतिलो मतदाता शिक्षा दिन नसक्नुको परिणाम पनि यसो भएको हो। अर्कोतिर नयाँ दलहरूप्रतिको जनमतले पनि सुधारका लागि धेरै गर्नुछ भन्ने देखाएको पनि छ। निर्वाचनमा हुने अप्राकृतिक गठबन्धन पनि कम मतदान हुनुको कारण भएको देखिन्छ।  

माओवादी केन्द्र रोल्पाका सचिव पूर्ण केसी भर्खरै स्थानीय तहको निर्वाचनले रुची घटाएको बताउँछन्। ‘केही समयअघि चाडबाडको बिदा थियो। कतिपय फर्केर आएनन्। 

प्रकाशित: ७ मंसिर २०७९ ०१:३७ बुधबार

#election2079