चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
उनले नेकपा एमालेका १ हजार १ हजार ३७४ मतले पछि पारेका हुन्। केही समय अघि पाण्डेले आफुलाई कम्ब्याक गरि मतान्तर ३ सयसम्म बनाउन सकेका थिए। तर, फेरि ढकालले आफ्नो मतान्तर बढाउँदै लगेका हुन्।
दिउँसो २ बजेसम्म कांग्रेसका विश्व पौडेल र ढकाल बिचको प्रतिस्प्रधा थियो। खैरहनी माविमा जारी मतगणनामा ढकालले ८ हजार ७०३ मत प्राप्त गरेका छन्। उनलाई पछ्याएका एमालेका पाण्डेले ७ हजार ३२९ मत ल्याएका छन्। सत्ता गठबन्धनका तर्फका नेपाली कांग्रेसका उम्मेदवार डा।विश्व पौडेलले ६ हजार ७८९ मत प्राप्त गरेका छन्।
प्रकाशित: ६ मंसिर २०७९ १३:५६ मंगलबार