चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलेले अग्रता कायमै राखेका छन्। लामिछानेले अहिलेसम्म १ हजार ४०५ मतले एमालेका कृष्णभक्त पोखरेललाई पछि पारेका हुन्।
लामिछानेले ५ हजार ७९८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ४ हजार ३९३ मत प्राप्त गरेका छन्।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ३ हजार ८५३ मतसहित तेस्रो स्थानमा छन्। सुरुवाती मतगणनामा पछि परेका लामिछाने केहिबेरबाट भने निरन्तर अगाडि रहेका छन्।
कालिका नगरपालिकमा गन्न थालेपछि लामिछानेले आफुलाई निरन्तर अगाडि बढाएका छन्।
प्रकाशित: ६ मंसिर २०७९ १३:२१ मंगलबार