राजनीति

रौतहट क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार साह निरन्तर अगाडि

पाँच दलीय सत्ता गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार किरण साहले निरन्तर अग्रता कायम राखेका छन्।  

प्राप्त पछिल्लो परिणाममा पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार डा. फिर्दोस आलमलाई स्वतन्त्र उम्मेदवार साहले करिब एक हजार मतले पछाडि पारेका छन्।

प्रारम्भिक चरणमै रहेको रौतहट क्षेत्र नम्बर २ को मतगणनाको पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार किरण साहले ५९४१ मत ल्याएका छन् भने डा. आलमले ४९८० मत ल्याएका छन्। एमाले गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साह भने निकै पछाडि देखिएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १३:०१ मंगलबार

किरण साह Election 2079