राजनीति

रविले मतान्तर घटाउँदै

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मतान्तर घटाउँदै लगेका छन्।  

इच्छाकामना गाउँपालिकाको मतगणना सकेर कालिका नगरपालिकामा लागेपछि उनले मतान्तर कम गराएका हुन्।  

उनी नेकपा एमालेका उम्मेद्वार कृष्णभक्त पोख्रेलभन्दा २२१ मतले पछि छन्। लामिछानेले ३ हजार ३२७ मत प्राप्त गर्दा पोख्रेललले ३ हजार ७३८ मत ल्याएर आफुलाई अग्रस्थानमा कायमै राखेका छन्।  

त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ३६२ मत प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ ०८:३९ मंगलबार

रवि लामिछाने Election 2079