राजनीति

कैलाली २ मा अरुण चौधरीको अग्रता कायमै

कैलाली क्षेत्र नं. २ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै छ। ६ हजार ५६९ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले २ हजार ४३८ मत प्राप्त गरेका छन्।  

त्यस्तै गठबन्धनका तर्फबाट माओवादीका भगत बडुवालको १ हजार ८३४ र नेकपा एमालेका झपटबहादुर रावलको १ हजार ६७० मत छ।  कुल १ लाख ४ हजार ९०० मतदाता मध्ये ६० हजार ६२९ मत खसेको थियो।  

चौधरी काँग्रेसबाट नागरिक उन्मुक्तिमा प्रवेश गरेका थिए। उनी काँग्रेसको महासमिति सदस्य समेत थिए। बडुवाल संविधान सभा सदस्य हुन भने रावल निवर्तमान साँसद हुन्।

प्रकाशित: ६ मंसिर २०७९ ०८:२५ मंगलबार

नागरिक उन्मुक्ति पार्टी Election 2079