राजनीति

अर्घाखाँचीमा एमालेका रायमाझीको सुरुवाती अग्रता

अर्घाखाँचीमा मतगणना सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव टोपबहादुर रायमाझीले शुरुवाती अग्रता लिएका छन्।

एमालेको प्रभाव क्षेत्र मानिएको मालारानी गाउँपालिकाबाट सुरु गरिएको मतगणना अनुसार एमालेका रायमाझी ७ सय ६२ मतले अगाडी छन्। ताजा मतपरिणाम अनुसार कुल ३ हजार ८६४ मतगणना हुँदा रायमाझीको २ हजार २०२ मत र कांग्रेसकी पुष्पा भुसालको १ हजार ४०४ मत आएको छ।  

यस्तै प्रदेशसभा क्षेत्र ‘क’ मा नेकपा एमालेकै चेतनारायण आचार्यको अग्रता छ भने प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका कमल प्रसाद भुसालले अग्रता लिएका छन्।

आइतबार भएको निर्वाचनमा अर्घाखाँचीमा ८९ हजार ५३१ मत खसेको थियो।  

प्रकाशित: ५ मंसिर २०७९ १३:५४ सोमबार

टोपबहादुर रायमाझी Election 2079