राजनीति

कैलालीका दुई क्षेत्रमा नागरिकको अग्रता कायमै

कैलाली क्षेत्र नं.१ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै रहेको छ। ३ हजार ५१४ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले १ हजार ५८२ मत पाएकी छन्।  

दोस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीले १ हजार २७ मत पाएका छन्। त्यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ३९८, राप्रपाका लोकेन्द्र कुँवरले २१८ मत पाएका छन्।

यहाँ कुल १ लाख ७ हजार ६७२ मतदाता रहेकोमा हिजो भएको निर्वाचनमा ६४ हजार ९९९ मत खसेको थियो।  

क्षेत्र नं. ३ मा ३ हजार २९५ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले १ हजार १००, गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादीका नेता कृष्णकुमार चौधरीले ८५०, राप्रपाका बिरेन्द्र बहादुर बमले ६५० र नेकपा एमालेका गौरीशंकर चौधरीले ५५० मत प्राप्त गरेका छन्।  

यस क्षेत्रमा १ लाख ७ हजार ६५९ मतदाता रहेकोमा ६१ हजार ६६८ मत खसेको थियो।

प्रकाशित: ५ मंसिर २०७९ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App