राजनीति

चितवन १ मा विश्व र हरिबीच कडा प्रतिस्पर्धा, सुरेन्द्र तेस्रो

चितवनको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालबीच कडा प्रतिस्पर्धा भएको छ। १ हजार मत गणना हुँदा ८ मतले पौडेल अगाडि छन्।  

पौडेलले ३३७ मत ल्याएका छन् भने ढकालले ३२९ मत ल्याएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।  

ढकाललाई पछ्याउँदै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले २५२ मत प्राप्त गरेका छन्। पाण्डे यसअघि यस क्षेत्रबाट दुइपटक निर्वाचित सांसद हुन्।

प्रकाशित: ५ मंसिर २०७९ ११:१० सोमबार

Election 2079 विश्वनाथ पौडेल हरि ढकाल