राजनीति

मतगणनाको माग गर्दै दोलखामा गठबन्धनको नाराबाजी

मतगणना तत्काल सुरु गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन निकट कार्यकर्ताले नाराबाजी थालेका छन्।  

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मत गणना गर्ने स्थान गौरीशंकर बहुमुखी क्याम्पस अगाडि नाराबाजी गरेका हुन्।

तत्काल मतगणना शुरु गर्न माग गर्दै उनीहरुले नाराबाजी गरिरहेका छन्।  

दोलखाका ५ स्थानमा बुथ कब्जा भएको र मतदान स्थगित गरेर पुन मतदानको माग गर्दै आइतबार दिउँसो एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थियो। उक्त उजुरी जिल्ला निर्वाचन अधिकृतले निर्वाचन आयोगमा पठाएका थिए।  

आयोगले २४ घण्टा बितिसक्दा पनि निर्णय दिन सकेको छैन। आयोगका अधिकारीहरुले बैठक चलिरहेको र दोलखाको विवाद बारे साँझसम्म निर्णय दिने बताएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १०:२८ सोमबार

मतगणना Election 2079