राजनीति

भक्तपुर क्षेत्र नं २: काग्रेसका थापा निरन्तर अगाडि

भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदबार दुलर्भ थापा निरन्तर अगाडि छन्। एमालेका महेश बस्नेतलाई पछाडि पार्दै थापा निरन्तर अगाडि वढेका हुन्। थापाले चार हजार पाँंच सय १५ मत पाएका छन् भने बस्नेतले चार हजार एक सय १९ मत पाएका छन्।

त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुआती अग्रता लिएका छन्। चाँगुनारायण नगरपालिका वडा नं १ को मतगणनाका क्रममा उनले अग्रता लिएका हुन्। यस क्षेत्रमा एक हजार तीन सय ११ मतगणना हुँदा खड्काले तीन सय ५९, एमालेका नवराज गेलालले तीन सय ५६, नेमकिपाका प्रेम सुवालले दुई सय ९२ र माओवादी केन्द्रका सुनिल गोठेले दुई सय दुई मत प्राप्त गरेका छन्।  

उता भक्तपुर क्षेत्र न १ क चाँंगुनारायण प्रदेशसभाको पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाम अनुसार नेपाली कांग्रेसका सुरेश श्रेष्ठले अग्रता लिएका छन्। त्यहाँं चाँंगुनारायण नगरपालिका वडा नं १ दुवाकोटको मतगणणा सकिएको हो।

भक्तपुर क्षेत्र नं १ को मतगणना बिहान नौ बजेदेखि नेपाल विद्युत प्राधीकरण खरिपाटी केन्द्रबाट सुरु भएको हो। उता क्षेत्र नं २ को भने राति दुई बजेबाट नै सुरु भएको थियो। भक्तपुर २ को मतगणणा मध्यपुर थिमि बोडेको कृषि विकास तालिम केन्द्रमा भइरहेको छ।

प्रकाशित: ५ मंसिर २०७९ १०:२३ सोमबार

दुलर्भ थापा Election 2079 महेश बस्नेत