राजनीति

एमालेको उजुरी बारे निर्णय दिन आयोगको ढिलाइ, दोलखामा मतगणना सुरु हुन सकेन

एमालेले दिएको उजुरी बारे निर्वाचन आयोगले निर्णय दिन ढिलाइ गर्दा दोलखामा सोमबार दिउँसो सम्म मतगणना सुरु हुन सकेको छैन्।

आइतबार सम्पन्न निर्वाचनमा जिल्लाका ५ स्थानमा बुथकब्जा भएको भन्दै पुन मतदानको माग गरेर एमालेले जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको थियो।

जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार बेलुकी नै उजुरी निर्वाचन आयोगमा पठाएको थियो। आयोगले सोमबार दिउँसोसम्म निर्णय दिन सकेको छैन्।  

आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद आर्यालले उजुरी बारे छलफल भइरहेको र छिट्टै निर्णय दिने तयारीमा आयोग रहेको बताए।

प्रकाशित: ५ मंसिर २०७९ ०९:०२ सोमबार

निर्वाचन आयोग Election 2079