राजनीति

कास्की–२ मा पनि स्वतन्त्र पार्टीको अग्रता, एमाले पछाडि

कास्कीमा मतगणना गर्दै। तस्बिरः उमेश पुन/नागरिक

कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन्। हालसम्म २ हजार १ सय ४ मत गणना हुँदा कँडेलले ६ सय ७८ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन्। उनले एमालेकी विद्या भट्टराई अधिकारीको भन्दा १ सय ६२ मतान्तर बनाएका छन। एमालेकी भट्टराईले ५ सय १६ मत प्राप्त गरेर पछ्याइरहेकी छन्।

गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल ३०२ मत प्राप्त गरेर तेश्रो स्थानमा छन् भने राप्रपाका सुवर्णराज पन्त ३२७ मतसहित चौथो स्थानमा छन्। कास्की–२ मा ४९ हजार ९ सय २० मत खसेको छ। कुल ७९ हजार १ सय ३८ मतदाता रहेको यो क्षेत्रमा ६३.०८ प्रतिशत मत खसेको थियो। 

कास्की–३ मा पनि मतगणना शुरु

यसैबीच, कास्की क्षेत्र नम्बर–३ मापनि मतगणना शुरु भएको छ। यो क्षेत्रमा दिउँसो १२ः३० बजेबाट मतगणना शुरु भएको हो। कास्की–३ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट माओवादीका रामजीप्रसाद बराल र नेकपा एमालेका दामोदर पौडेल (बैरागी)लगायतका उम्मेदवार प्रतिष्पर्धामा छन्। कास्की–३ मा ६१ हजार ४ सय १४ मत खसेको छ। १ लाख १ हजार ७ सय १५ मतदाता रहेको यो क्षेत्रमा ६१.७२ प्रतिशत मत खसेको थियो।

प्रकाशित: ५ मंसिर २०७९ ०७:४६ सोमबार

कास्की–२ स्वतन्त्र पार्टीको अग्रता Election 2079