राजनीति

मुस्ताङमा कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश विजयी

नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ। मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन्।

योगेशले ३९९६ मतसहित निर्वाचित भएका हुन्। यहाँ ७ हजार २ सय ३० मत खसेको थियो। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन्।

मुस्ताङबाट जितेका योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन्। उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन्।

प्रकाशित: ५ मंसिर २०७९ ०६:१६ सोमबार

योगेश गौचन थकाली Election 2079