राजनीति

मनाङमा ७१.४७ प्रतिशत मत खस्यो

मनाङको चामेमा आइतबार मदतान गर्दै मतदाता। तस्बिरः नागरिक

गण्डकी प्रदेशभित्र सबैभन्दा बढी हिमालपारिको जिल्ला मनाङमा सबैभन्दा बढी मत खसेको जिल्ला निर्वाचन अधिकारीले बताएका छन ।  

मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार मनाङमा ७१.४७ प्रतिशत मत खसेको छ । मनाङमा स्थानीय तहको निर्वाचनमा भने ५० प्रतिशत मात्र मत खसेको थियो । मनाङमा सबैगरि ६ हजार ७ सय ७९ जना मतदाता छन् ।

अर्काे हिमाली जिल्ला मुस्ताङमा पनि करिब ७० प्रतिशत मत खसेको निर्वाचन कार्यालयको अनुमान छ । मुस्ताङका १० हजार ९ सय ५७ जना मतदाता छन । मुस्ताङ भने खसेको मतको अन्तिम संख्या यकिन भईसकेको छैन । निर्वाचन गराउन खटिएका मतदान अधिकृतसँग सहज सञ्चार नहुँदा हिमाली जिल्लाको सबै विवरण नआएको मुस्ताङका निर्वाचन अधिकारी मदन अर्यालले बताए ।

प्रकाशित: ४ मंसिर २०७९ १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App