राजनीति

आम निर्वाचनको मतदान समय सकियो

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको समय सकिएको छ।

मतदानको समय सकिए पनि लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव भएको हो।

प्रकाशित: ४ मंसिर २०७९ ११:२६ आइतबार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन