राजनीति

एमालेका अध्यक्ष ओलीले गरे मतदान

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन्।

झापा ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका ओलीले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन्।

उनी बालकोटमा नै स्थायी रुपमा बस्दै आएका छन्।

प्रकाशित: ४ मंसिर २०७९ ०७:२२ आइतबार

केपी शर्मा ओली