राजनीति

कालिकोटको पचालझरनामा बम फेला

कालिकोटको पचालझरना गाउँपालिका–५ को पञ्चकालिका मावि मतदान केन्द्र नजिक बम फेला परेको छ।  

बाटोमा बम राखेको भेटिएपछि मतदान गर्न हिँडेका मतदाता त्रसित भएका छन्। अहिले  नेपाली  सेनाको टोलीले बम डिस्पोजल गरेको छ।

समग्र कालिकोटमा अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

प्रकाशित: ४ मंसिर २०७९ ०४:२१ आइतबार

कालिकोट बम