राजनीति

निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सरकार सक्षमः गृह मन्त्रालय

सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको बताएको छ।  

शुक्रबार निर्वाचन पूर्व तयारीको सम्बन्धमा जानकारी दिनका लागि गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनलाई असर गर्ने खालका क्रियाकलापहरुलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएको हो।  

पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा समूहहरुलाई कानूनी दायरामा ल्याइने बताए।  

उनले मतदानलाई असर पर्ने खालका कुनैपनि गतिविधि हुन नदिइने स्पष्ट पारे। उनले कर्मचारी, मतदाता, उम्मेदवार र मतपेटिका लगायत मतदान सामग्रीको सुरक्षामा खतरा पैदा हुने कुनैपनि क्रियाकलाप सह्य नहुने बताए। त्यस प्रकारका गतिविधिहरुलाई सरकारले कडाइपूर्वक नियन्त्रण गर्ने उनले बताए। 

प्रकाशित: २ मंसिर २०७९ ११:२४ शुक्रबार

गृह मन्त्रालय