फोटो फिचर

महाविपत्तिको तेह्रौं दिन

काठमाडौं-विनासकारी महाभूकम्प गएको १३ दिन बितिसक्दासम्म पनि मानवीय तथा भौतिक क्षति कति भयो भन्ने यकिन भएको छैन।

tent at tudhikhel after earthquake 02

बिहीबार देखिएको टुँडिखेलको दृष्य।

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर वैशाख १२ गते मध्याह्न गएको ७.६ म्याग्निच्युड स्केलको भूकम्पबाट बिहीबार बेलुकासम्म मृत्यु हुनेको संख्या ७ हजार ८ सय ७ पुगिसकेको छ। भूकम्पमा परी १५ हजार ९ सय ११ जना घाइते भएको पुष्टि भएको छ।

13th day ritual 02

भूकम्पमा परि ज्यान गुमाएकालाई तेह्रौँ दिन राजधानीलगायत देशका विभिन्न् ठाउँमा दीप प्रजोलन गरियो। त्यस्तै, मृतकलाई श्रद्धाञ्जली अर्पण गर्न ठाउँ-ठाउँमा सर्वसाधारण पुगे।

13th day ritual 03

13th day ritual 06

13th day ritual 07

Legislature Parliament endorsed condolence motions-04

व्यवस्थापिका संसदमा पनि महाविपत्तिको १३औं दिन बैठक बसेर भूकम्पले पुर्‍याएको क्षतिसम्बन्धी विशेष प्रस्ताव पारित गरिएको छ।

Legislature Parliament endorsed condolence motions-03

एक्कासी आएको महाविपत्तिको सामना गर्न सर्वसाधरण, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, सरकारी कर्मचारी खटिरहेको पाइयो। त्यसैगरी महाविपत्तिमा सहयोग गर्न विभिन्न देशको टोली नेपालमा खट्यो र नेपालीसँग मिलेर केही चमत्कारिक उद्धार पनि गर्न सफल भयो।

collapsed house

Demolish houses Dhunche

अहिले पनि राहत र घाइतेको उद्धारको काम चलिरहेको छ भने वेपत्ताको खोजी जारी छ। अहिले उपत्यका वरपरको जनजीवन सामान्य बन्दै गएको छ भने पीडितको पुनर्स्थापन र भत्किएको संरचनाको पुनर्निर्माणको बहस सुरु भएको छ।

Dhunche Relief 01

विकट ठाउँमा भने अझै राहत र उद्धार हुन नसकेको समचार आइरहेको छ।

People takes part in mass candle lighting  01

People takes part in mass candle lighting  02

People takes part in mass candle lighting  03

searching belongings 01

searching belongings 02

worker spray water 01

Preparing for postponed wedding 02

महाभूकम्पको १३ औ‌ दिन पुगेपछि बिहीबार काठमाडौंको कपनमा बिहेको तयारी गरिँदै द्रोण कोइराला।  वैशाख २१ गतेलाई तोकिएकव उनको बिहे भूकम्प आएपछि बिहीबारलाई सारिएको थियो।

तस्बिरहरु: चन्द्रशेखर कार्की, विजय गजमेर, दिपेश श्रेष्ठ, सिर्जना श्रेष्ठ, विजय राई, दिनेश गोले

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App