काठमाडौँ पशुपतिको गौरीघाटमा छठी माईको पूजाका लागि तयारीको काम भइरहेको छ। छठ पर्वको मुख्य दिन भोली छठी माईको पूजाका लागि काठमाडौँको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ।
सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाइने यो पर्वको आज दोस्रो दिन खरना मनाइँदैछ। भोली छठ पर्वको मुख्य दिन हो। यस अवसरमा छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने सोमबार (पर्सी) उदाउँदो सूर्यलाई अर्घ दिइन्छ।