फोटो फिचर

यसरी मनाइयो नेपाल संवत् ११४३ तस्बिरमा हेर्नुस्

नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखिनै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।

नेपाल संवत् ११४३ राष्ट्रिय विभूति शङ्खधर साख्वा