फोटो फिचर

गौरीशंकर र च्छोरोल्पा नजिकबाट

दोलखा-पदयात्राका लागि रोमाञ्चक र रमणीय क्षेत्र रोल्वालिङ उपत्यकाको नाम सुन्ने बितिकै सबैको मन लोभिन्छ। गौरीशंकर हिमश्रृङखलाको फेदी रोल्वालिङ उपत्यका प्राकृतिक रुपमा सुन्दर मानिन्छ। गौरीशंकर हिमालसँगै प्रसिद्ध च्छोरोल्पा हिमताल, हिमआरोहीहरुको गाउँ नाँ र वेदिङ यहाँका प्रख्यात हुन्। दायाँबाया देखिने सुन्दर टाकुरा र हिमालहरुले हरेकको मन लोभ्याउँछ। त्यस्तै सगरमाथाको बेस क्याम्प जाने रुट पनि यही हो। टासिलप्चा हिमाल पार गरेर सगरमाथाको बेस क्याम्प पुगिन्छ।

यही क्रममा दोलखामा चलिरहेको ‘दोलखा महोत्सव’ले हेलिकप्टरमा च्छोरोल्पा घुम्न र हेर्न जाने माउण्टेन फ्लाइट पनि सञ्चालन गरेको थियो। मंगलबार र बुधबार जिल्लाका विभिन्न भागमा मात्र फ्लाइट गरेको हेलिकप्टरले बिहीबार बिहान ५ ओटा फ्लाइट च्छोरोल्पा पुर्‍याएको थियो। चरिकोटबाट उड्नेलाई १६ मिनेटमा गौरीशंकर आधारसिविर हुँदै च्छोरोल्पा पुर्‍याइएको थियो।



सबै तस्बिर: रमेश खतिवडा