फोटो फिचर

गुराँसको राजधानीमा नयाँ वर्ष (फोटो फिचर)

बसन्तपुर (तेह्रथुम)– नयाँ वर्षको दिन झापाबाट गुराँसको राजधानी भनेर चिनिने तीनजुरे–मिल्के–जलजले (टिएमजेक्षेत्रमा) आएकी सृजना डाँगी तीनजुरेमा राताम्मे भएर फूलेको गुराँसमा झुत्ती खेल्दै थिइन्। 

naya_2.jpg

गुराँस टिप्न र सेल्फी खिच्न मस्त उनी परिवारहरुसँग यहाँ नयाँ वर्ष बनाउन आएकी हुन्। नयाँ वर्षको दिन खुसी साट्दै आनन्दमा रमाउन हजारौँको भेला यो क्षेत्रमा भएको हो। विहानैदेखि तेह्रथुम र संखुवासभाको सिमानमा पर्ने यो क्षेत्रमा ठुलो संख्या आएका आन्तरीक पर्यटकहरु रमाइरहेका थिए।
naya1.jpg
विभिन्न प्रजातीका गुराँस, उच्च पहाडी चुचुराहरु, विभिन्न वन्यजन्तु र देवताको आकार कुदेर बनाइएको रक गार्डेन, वसन्तपुर, पाथिभरा मन्दिर, कैलाश हिललगायतका क्षेत्रमा रमाउनेको भिड थियो। हजारौँको संख्यामा विभिन्न ठाँउबाट आएका सहभागीहरुले धुलो उडाउँदै वसन्तपुरदेखि उकालिएका थिए।

naya3.jpg

बुधबार दिनभर तराईका विभिन्न जिल्ला, भारतको दार्जेलिङ, पूर्वी पहाडका तेह्रथुम, ताप्लेजुङ, धनकुटा, संखुवासभा, धनकुटालगायतका ठाँउबाट उलेख्य संख्यामा नयाँ बर्ष मनाउनेहरु यो क्षेत्रमा आएका हुन्। विदेशी पर्यटकहरु पनि यहाँ देखिन्थे। भिरालो पहाडी भुवनोट भएको यो क्षेत्रमा भिडभाड बढेकाले प्रहरीले माइकिङसहित कडा सुरक्षा व्यवस्था मिलाएको तेह्रथुमका प्रहरी प्रमुख डिएसपी भागेन्द्रपुरुष ढकालले बताए।
naya4.jpg
२८ प्रजातीका गुराँस पाईनुका साथै आर्कषक रुपमा फूल्ने भएकाले ख्याती कमाएको यो ठाँउमा विगतको तुलनामा धेरै सहभागिहरु आएको स्थानीयको भनाइ छ। विभिन्न प्रकारका सवारी साधनहरु यी डाँडाहरुमा सयौँको संख्यामा थिए। विराटनगर, धरान, धनकुटाबाट सहजै कालोपत्रे बाटो भएर यहाँ आउन सकिने सुविधा भएकाले पनि पर्यटकलाई सहज भएको हो। तराईमा चर्को गर्मी खेपिरहेकाहरु नयाँ वर्षको उमंग, उल्लाससँग चिसोमा रमाउन आउने गरेको स्थानिय विपिन निङलेखुले बताए।
naya6.jpg
बाटोमा दिनभर उकालो, ओरालो गर्नेको भिड लागेको थियो। आफूले सुने पनि पहिलो पल्ट आइपुगेका पाँचथरका विजय आङदेम्बेले यो क्षेत्रलाई स्वर्गको टुक्रा भएको बयान गरे। गुराँस फूलेको समयमा लोभलाग्दो देखिए पनि गुराँस नफूलेको बेलामा पनि रमाउन सकिने उनको ठम्याई थियो। वालवालीका देखि वृद्ध वृद्धासम्म यहाँका फराकीला डाँडाहरुमा रमाइरहेका थिए। रकगार्डेनमा भेटिएकी ६५ वर्षीया सुनमाय लिम्बूले वैँसमा यस्तो रमाइलो गर्न नपाए पनि सन्तानसँग नयाँ वर्ष मनाउन आएको सुनाइन्। जिउँदो बाघ देख्दा डराउने उनले रकगार्डेनमा बनाइएको कृतिम बाघलाई अङ्गालो मारेर फोटो खिचाईन्।
naya7.jpg
विस्तारै नयाँ वर्षलाई खुसि, सद्भाव र प्रेमसहित मनाउने चलन बढेर गएको छ। पारिवारिक रुपमा रमाउनेको उलेख्य सहभागिता थियो। यही पिकनिक खाने, नाँच्ने रमाउने थुम्का थुम्कामा भेटिएका थिए। नयाँ वर्षको पहिलो दिन खुसी, रमाईलो भयो भने वर्षभरी खुसि भएने जनविश्वाससमेत रहेको पाईन्छ। यही सन्दर्भ मिलाएर नयाँ वर्ष यहाँ उल्लासपूर्वक मनाइएको छ। केही दिनअघि बाटो मर्मत गरिएकाले ५ पोखरी घुर्विसेसम्म साना सवारी साधन पुगेका थिए। पदयात्रा गर्नेको संख्या धेरै थियो । सवारी चाप बढेपछि डाँडाका विभिन्न ठाँउमा ट्राफिक प्रहरीले पार्किङको व्यवस्था मिलाएको थियो। यहाँका सडकहरुमा बाक्लोगरी सवारी चलेपछि जाम भएर हैरान भएका थिए । कच्चिबाटोमा धुलो उडाउँदै डाँडामा पुग्नु परेको थियो।
naya8.jpg
विभिन्न ठाँउमा उलेख्य मात्रमा अन्तरीक तथा वाह्य पर्यटकहरु भित्रिएपछि यहाँका होटलहरु खचाखच भरिएका छन्। व्यवसायिक कारोवारसमेत उल्लेख्य भएको व्यवासयिहरुले बताए। नयाँ वर्ष मनाउँदै घुम्न आउनेलाई सुविधा होस् भनेर बाटो, शौचालय, खानेपानी, होटलको व्यवस्थापन गरिएको स्थानीय अगुवा लक्षमण तिवारीले बताए। करिब बीस हजारले यो क्षेत्र घुमेको उनको दाबी छ। ५० लाख बरावरको आर्थिक कारोबार भएको तिवारीले बताए। यहाँ आउने पर्यटकले असली छुर्पी, फलफूलबाट बनेको जुस, ढाका लगायतका स्थानीय सामाग्री कोशेलीको रुपमा लाने गरेका छन्।
naya9.jpg

naya10.jpg
तस्बिरहरूः गिरिराज बाँस्कोटा

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App