फोटो फिचर

अस्तव्यस्त काठमाडौंका खुला ठाउँ (फोटोफिचर)

काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ। उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन्।  

काठमाडौं बस्तीहरुले भरिएको शहर हो। मानिसको भीड र अव्यवस्थित बसोवास। जसका कारण खालि ठाउँ प्रायः शुन्य छ। खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ। यसको मुद्धा बेलाबेलामा नउठेको पनि होइन। तर समस्या पनि ज्यूँ का त्यूँ छ।  

खालि ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ। तर गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैछ। काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन्। खुला ठाउँ कस्ले गायब बनायो यो सोधको विषय बन्न सक्छ।  

टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मदन स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा। तर आज यी कुनैपनि ठाउँ खुला छैनन्।

 

प्रकाशित: २५ भाद्र २०७९ ०५:०६ शनिबार

काठमाडौंका खुला ठाउँ