फोटो फिचर

भारतीय स्थल सेनाध्यक्ष पाँडे नेपालमा (फोटोफिचर)

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडे नेपाल आइपुगेका छन्।

प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष पाँडे ५ दिने नेपाल भ्रमणमा आएका हुन्। पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै आइतबार अपरान्ह उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका सेनाध्यक्ष पाँडेलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले विमानस्थलको भि.आई.पी कक्षमा स्वागत गरेका थिए।

भ्रमणका दौरान भारतीय सेनाध्यक्ष पाँडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्नेछन्। उनले प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विभिन्न सामग्रीहरुको हस्तान्तरण कार्यक्रम गर्ने कार्यतालिका छ।

भ्रमणका क्रममा जनरल पाँडेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने लगायतका कार्यक्रमहरु छन्।

प्रकाशित: १९ भाद्र २०७९ १२:२५ आइतबार

जनरल मनोज पाँडे जनरल मनोज पाँडे भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे